दफा १४
लेखा दाखिला गर्ने –
(१) महालेखा नियन्त्रक कार्यालयले महालेखा परीक्षकले तोकेको म्यादभित्र प्रत्येक आर्थिक वर्ष सञ्चित कोषको अतिरिक्त विनियोजन, राजस्व, धरौटी, वैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको लेखा र आर्थिक वर्षको केन्द्रीय लेखाको आर्थिक
विवरण महालेखा परीक्षकको विभाग समक्ष दाखिला गर्नु पर्नेछ ।
(२) लेखा उत्तरदायी अधिकृतले मातहत कार्यालय समेतको प्रत्येक आर्थिक वर्षको सम्पूर्ण आय–व्ययको केन्द्रीय आर्थिक विवरण तयारी गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(३) जिम्मेवार व्यक्तिले कारोबारको लेखा र सम्बन्धित कागजात तोकिएको कार्यालयमा वा लेखापरीक्षक समक्ष तोकिए बमोजिम दाखिला गर्नु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिम लेखा दाखिला गर्न नसकेको मनासिब कारण देखाई म्याद थपको लागि अनुरोध गरेमा एक तह माथिको अधिकारीले बढीमा पैंतीस दिनसम्मको म्याद थपिदिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम थप गरिएको म्यादभित्र पनि लेखा दाखिला नगर्ने जिम्मेवार व्यक्तिलाई एक तह माथिको अधिकारीले पहिलो पटकको लागि प्रत्येक कलममा पच्चीस रूपैयाँको दरले र दोस्रो पटकमा प्रत्येक कलमको लागि पचास रूपैयाँको दरले जरिवाना गर्न सक्नेछ र पुन अर्को पटक सोही कार्य गरेमा प्रचलित कानुन बमोजिम विभागीय कारबाही समेत गर्न सकिनेछ ।
(६) महालेखा परीक्षकको विभागले तोकेको म्यादभित्र लेखा उत्तरदायी अधिकृत वा जिम्मेवार व्यक्तिले लेखा र आर्थिक विवरण दाखिला गराउनु पर्नेछ । तर तोकिएको म्यादभित्र दाखिला गराउन नसके मनासिब माफिकको कारण देखाई लेखा उत्तरदायी अधिकृत वा जिम्मेवार
व्यक्तिले म्याद थपको लागि अनुरोध गरेमा महालेखा परीक्षक वा निजले तोकेको अधिकारीले बढीमा पैंतीस दिनसम्मको म्याद थपिदिन सक्नेछ ।
(७) उपदफा (६) बमोजिम म्याद थप माग नगरेमा वा थप गरिएको म्यादभित्र पनि लेखा र आर्थिक विवरण दाखिला नगरेमा महालेखा परीक्षकले जिम्मेवार व्यक्ति भए लेखा उत्तरदायी अधिकृतलाई र लेखा उत्तरदायी अधिकृत भए एक तह माथिको अधिकारीलाई निर्देशन दिन सक्नेछ र यस्तो निर्देशनको पालना गर्नु निजको कर्तव्य हुनेछ ।
(८) उपदफा (७) बमोजिम निर्देशन दिंदा पनि लेखा तथा आर्थिक विवरण दाखिला नगरेमा प्रचलित कानुन बमोजिम विभागीय कारबाही समेत गर्न सकिनेछ ।
(९) राजस्व, नगदी, जिन्सी तथा धरौटी दाखिला गर्ने तथा त्यसको लेखा अभिलेख अद्यावधिक रूपमा राख्ने सम्बन्धमा अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।